८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिला ५ हजार मिटर एथलेटिक्समा धादिङकी सन्तोषीलाई स्वर्ण


२३ माघ २०७९, सोमबार  

6
Shares

काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजना भएको गोल्डेन एथलेटिक्स मिट अन्तर्गत महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न ५ हजार मिटर दौडमा सन्तोषीले निर्धारित दुरी १७ मिनेट ३७ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसै स्पर्धामा पुलिसकी राममाया बुढाले १८ मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा बिष्ट १८ मिनेट ४५ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।

यस्तै ५ हजार मिटर पुरुष दौडमा एपीएफका सञ्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ सेकेण्डमा पूरा गरे । पुलिसका सन्तोषनाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेण्डको समयको साथ तेस्रो भए ।

महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । पुलिसकी राममाया बुढा १८ मिनेट ४४ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा बिष्ट १८ मिनेट ४५ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् । पुरुष दुई समय मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२ दशमलव ३७ सेकेण्डको समय निकाल्दै पहिलो बने ।

एपीएफकै निरप्रताप महतोले २२ दशमलव ८१ सेकेण्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेण्डको समय निकाल्दै तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेण्डको समय निकाल्दै पहिलो बनिन् ।

एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेण्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् । पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेण्डको समय निकाल्दै पहिलो बने ।

पुलिसका नागेश्वर ऐर १ मिनेट ५८ दशमलव ९ सेकेण्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैशी २ मिनेट ०३ दशमलव ९ सेकेण्डको समय निकाल्दै तेस्रो बने । महिला ८ सय मिटरमा एपीएफकी फूलमती राना २ मिनेट २३ दशमलव ५ सेकेण्डको समय निकाल्दै पहिलो, एपीएफकै आशा रावत २ मिनेट २९ दशमलव ३ सेकेण्डको समय निकाल्दै दोस्रो र सीमा चौधरी २ मिनेट ३२ दशमलव ४ सेकेण्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३ दशमलव ४८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो बने । एपीएफकै चन्द्रदेव जोशी १३ दशमलव ४५ सेन्टिमिटरको दुरी तय गर्दै दोस्रो र रामकुमार लामिछाने १३ दशमलव ३५ सेन्टिमिटरको दुरी तय गर्दै तेस्रो बने । महिला स्पर्धामा पुलिसकी सीमा चौधरी १० दशमलव २९ मिटरको दुरी पार गर्दै पहिलो बनिन् ।

एपीएफकी इनजीता राई ९ दशमलव ८६ सेकेण्डको दुरी पार गर्दै दोस्रो र पुलिसकी सुमित्राकुमारी चौधरी ९ दशमलव ५४ मिटरको दुरी तय गर्दै तेस्रो बनिन् । ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरेल पहिलो बने । उनले ५२ दशमलव ५५ सेन्टिमिटरको दुरीमा थ्रो गरे । एपीएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने ।

महिला स्पर्धामा चन्द्रकला लाम्घादे ४२ दशमलव १३ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै पहिलो बनिन् । एपीएफकी सीमाकुमारी थारु दोस्रो र वसन्ती चौधरी तेस्रो बनिन् । पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११ दशमलव ७४ को दुरी पार गर्दै पहिलो बने । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने ।

महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११ दशमलव ९७ मिटरको दुरी तय गर्दै पहिलो बनिन् । पुलिसकै वसन्ती चौधरी दोस्रो र गोरखाकी मञ्जु गुरुङ तेस्रो बनिन् । चार गुणा चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लवको टिम तेस्रो बन्यो ।

दुई दिने प्रतियोगितामा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा विभागीयसहित ३ सय खेलाडीले सहभागिता जनाएका थिए । पदक विजेता खेलाडीलाई राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो