११ असार २०८३, बिहिबार । June 26, 2026

राप्रविसं मेरो विकल्प छैनः अध्यक्षका उम्मेदवार बम


२३ माघ २०७९, सोमबार  

6
Shares

काठमाडौं । राप्रपा निकट राप्रविसंको काठमाडौमा हुन लागेको राष्ट्रिय सम्मेलन माग २७ देखि काठमाडौँमा हुने भएको छ ।

बिगतमा पार्टी टुटफुटका कारणले विद्यार्थी संगठनले एकता पाउन सकेको थिएन । वर्तमान अवस्थामा पार्टीमा एकल नेतृत्व, सिद्धान्तमा पार्टी अगाडि बढीकोले विद्यार्थी संगठनले मुर्तरुप पाए लगत्तै हुन लागेको राष्ट्रिय सम्मेलनको माहौल तातिरहेको छ। नेपालको राष्ट्रिय राजनीतिमा विद्यार्थी राजनीति र आन्दोलनलाई स्थापित गर्नका निमित्त र नेपालको शैक्षिक क्षेत्रको सुधार शैक्षिक मुद्दामा वकालत गर्न सक्ने एउटा बलियो विद्यार्थी संगठनको रुपमा राप्रविसं लाई स्थापित गर्नका लागि उम्मेदवारी दिएको विद्यार्थी नेता निराजन बम बताउन्छन् ।

रहरका लागि नभई समस्याको समाधान गर्नका लागि आफु अग्रसर भएको उनको भनाई छ । अध्यक्षका अरु कुनै ब्यक्ती आकाङ्क्षित भएपनी बम बलियो देखिएका छन् । उनले गाउँ स्तर देखि केन्द्रसम्म संगठानिक क्षेत्रको नेतृत्व र विद्यार्थी संगठनमा लामो अनुभव मात्र होइन नेतृत्व गर्नसक्ने क्षमता रहेका बमको राम्रो अनुभव रहेको अन्य विद्यार्थी नेता र पार्टीका नेतृत्वको भनाइ रहेको छ।

संगठनको केन्द्रिय सदस्य भएपछि आफ्नो गृह जिल्ला कालिकोटमा संगठन बिस्तारमा प्रभावकारी भुमिका खेलेकै कारण २०७३ मा भएको स्ववियु निर्वाचनमा जिल्लाको सदरमुकाम मा रहेको कर्णाली बहुमुखी क्याम्पसमा संगठनबाट कोषाध्यक्ष र सदस्य जिताउन सफल भएका बम २०७४ र २०७९ सालमा भएको स्थानीय निर्वाचनमा गाउँ पालिकाको अध्यक्ष पदमा चुनाव समेत लडिसकेका हुन् ।

यतिखेर बमलाई विद्यार्थीको साथ मात्र छैन, संगठन र पार्टीमा प्रतिबद्ध भएकै कारणले पार्टीका शीर्ष नेताहरुको पनि साथ सहयोग रहेको बुझिएको छ । यहि चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । स्ववियु निर्वाचन र संगठन हाक्ने सक्ने नेताका रुपमा चिनिएका बम अध्यक्षमा बलिया दावेदारका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर