१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

नागरिक विश्वस्त नहुँदासम्म आन्तरिक उडान रोक्न माग सहित सर्वोच्चमा रिट



काठमाडौं । नेपालका आन्तरिक तर्फको उडान जोखिमपूर्ण रहेको भन्दै उडानमा रोक लगाउन माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

पछिल्लो समय हवाई दुर्घटनाका बढीरहेकाले आन्तरिक उडानमा नागरिकहरु विश्वस्त नहुँदासम्म उडान रोक्न माग सहित अधिवक्ता मनीषकुमार श्रेष्ठ र अधिवक्ता कल्पना भाट रिजालले रिट निवेदन दर्ता गराएका हुन् । सर्वोच्चमा दायर भएको रिटमा भनिएको छ, ‘जबसम्म जोखिम कम भयो भनेर विश्वस्त हुन सकिदैन, तवसम्म नेपालमा सञ्चालनमा आएका जहाज कहिले र कहाँ दुर्घटना हुन्छ भनेर सधै त्राहीमाम भएर रहनु पर्ने भएको छ।

यस्तो अवस्थामा नेपालमा आन्तरिक रुपमा उडान भर्ने जति पनि विमानहरु छन्, ती सबै उडान भर्न लायक भएको भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विश्वस्त हुने अवस्था नआएसम्म उडान नभर्नु र भर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाऊँ। रिट निवेदकहरुले नेपालमा हालसम्म भएका हवाई दुर्घटना र ति दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या समेत रिटसंगै पेश गरिएको छ ।

नेपालमा विमान दुघर्टनाका तथ्याङ्क, नेपालका जहाजको अवस्था र उडानको बिषय अन्तराष्ट्रिय रुपमै बदनाम भएको भनाई रिट निवेदकको छ। नेपालमा बारम्बार हवाई दुर्घटना भएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) र युरोपियन युनियन (इयु) ले कालोसूचिमा राखेको बिषयलाई पनि रिट निवेदमा समेटिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष