२२ माघ २०८१, मंगलबार । February 5, 2025

रास्वपाको निर्णायक बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति र संसदीय समिति बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । पार्टी सभापति रवि लामिछानेले आजको पार्टी बैठकबाट ठोस निर्णय आउने बताएका छन् । साथै, उनले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन् ।

यसअघि शनिरबा राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष सकिएको थियो । सरकारबारे ठोस निर्णय लिनु अघि सभापति लामिछानेले आज (आइतबार) बिहान रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गरेका थिए । गृह मन्त्रालय पाउनपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ ।

शनिबार राति बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा राष्ट्रपति निर्वाचन र उपनिर्वाचनको मिति घोषणा नभएसम्म सरकार छाड्न नहुने ब्रिफिङ सभापति लामिछानेले गरेका थिए । आज प्रधानमन्त्रीसँगको भेटपछि बसेको बैठक र सभापति लामिछानेको पत्रकार सम्मेलनलाई विशेष चासोको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो