७ आश्विन २०८३, बुधबार । September 23, 2026

रविलाई तत्काल मन्त्री नबन्न प्रधानमन्त्रीको सुझाव


२२ माघ २०७९, आइतबार  

12
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल मन्त्री नबन्न आग्रह गरेका छन् ।

आइतबार बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सो आगह गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।

नागरिकता विवादमा मन्त्री तथा सांसद पद गुमाएका लामिछाने गैरसांसदका रुपमा सिंहदरबार छिर्ने दाउमा छन् । उनले बालकोट र बालुवाटार पुगेर पटकपटक आफुलाई गृहमन्त्री बनाउन आग्रह गरेका छन् । तर, रविको नागरिकता विवादमा सर्वोच्चको पूणपाठ आउन बाँकी नै रहेकाले प्रधानमन्त्री प्रचण्ड उनलाई मन्त्री बनाउन चाहादैनन् ।

लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ । सरकारबारे निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । उक्त बैठकले सरकारमा रहने वा बाहिरिने ठोस निर्णय गर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा