५ पुस २०८२, शनिबार । December 20, 2025

गृहमन्त्री बन्न दवाव बढाउँदै रवि लामिछाने



काठमाडौं । गृहमन्त्री दावी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बिहान एमाले अध्यक्ष ओलीललाई भेटेलगत्तै प्रधानमन्त्रीसँग भेट्न उनी वालुवाटार पुगेका हुन् । गृहमन्त्री नपाए सत्ताबाट बाहिरिने धम्की दिँदै आएका रवि लामिछानेले अझै प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङ गरिरहेका छन् । रवि लामिछानेले केही दिनयता गृहमन्त्री नपाएमा सरकारबाट बाहिरिने बताउँदै आएका छन् । तर, उनले अझै बार्गेनिङ गर्न छाडेका छैनन् ।

गृहमन्त्री नपाए शनिबार नै सरकारबाट बाहिरिने रवि लामिछानेले बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले गृहबाहेक अरु मन्त्रालय प्रस्ताव गरेपछि साँझ ८ बजे रास्वपाको आकस्मिक बैठक बसेको थियो । तर, बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

यस्तै, विशेष निर्णय लिन भन्दै रास्वपाले आज केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बोलाएको छ । बैठक बस्नुअघि रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । प्रचण्डलाई भेट्न जानुअघि रविले एमाले अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताको भनाइ छ । सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएका छन् । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ ।

तर, रविको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रधानमन्त्री प्रचण्डले अडान लिएका छन् । पछिल्लो समय उनका पार्टीका नेताहरुले समेत रविलाई मन्त्री नबनाउन प्रचण्डमाथि दबाब बढाउँदै आएका छन् । रवि लामिछाने नेतृत्वको पार्टीका अरू सांसदलाई गृहबाहेक मन्त्रालय दिन सकिने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले