२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

४ कारणले टुट्यो देउवा–दाहाल गठबन्धन: अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच गठबन्धन ट्टनुमा चारवटा कारण रहेको विश्लेषण सुनाएका छन् ।

अर्कोतर्फ केपी ओली र दाहाबीचको गठबन्धन आगामी राष्ट्रपति निर्वाचनसम्म मात्र रहने नेता नेपालको दाबी छ । शनिबारदेखि राजधानीमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले २४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै देउवाको घमण्ड, दाहालको सत्तामोह र ओलीको षड्यन्त्रका कारण गठबन्धन टुटेको दाबी गरे ।

नेता नेपालले शनिबार बैठकलाई सम्बोधन गर्नेक्रममा केपी ओली र दाहालबीच खटपट सुरु भइसकेको बताउँदै यो गठबन्धन राष्ट्रपतिको चुनावसम्म मात्रै जाने दाबी समेत गरे ।

आम निर्वाचनपछि अप्रत्याशित रुपमा नयाँ परिस्थिति निर्माण भएको बताउँदै नेता नेपालले यसका पछाडि चारवटा कारण रहेको बताएका छन्:

१. निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु ।

२. नेपाली कांग्रेससँग सहशी सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु ।

३. केपी ओलीले उपर्युक्त वाम– लोकतान्त्रिक गठबन्धनलाई जसरी तोडिछाड्ने उद्येश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु ।

४. माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरु सबै त्यागेर हिँड्ने प्रवृत्ति ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ