७ आश्विन २०८३, बुधबार । September 23, 2026

४ कारणले टुट्यो देउवा–दाहाल गठबन्धन: अध्यक्ष नेपाल


२१ माघ २०७९, शनिबार  

15
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच गठबन्धन ट्टनुमा चारवटा कारण रहेको विश्लेषण सुनाएका छन् ।

अर्कोतर्फ केपी ओली र दाहाबीचको गठबन्धन आगामी राष्ट्रपति निर्वाचनसम्म मात्र रहने नेता नेपालको दाबी छ । शनिबारदेखि राजधानीमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले २४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै देउवाको घमण्ड, दाहालको सत्तामोह र ओलीको षड्यन्त्रका कारण गठबन्धन टुटेको दाबी गरे ।

नेता नेपालले शनिबार बैठकलाई सम्बोधन गर्नेक्रममा केपी ओली र दाहालबीच खटपट सुरु भइसकेको बताउँदै यो गठबन्धन राष्ट्रपतिको चुनावसम्म मात्रै जाने दाबी समेत गरे ।

आम निर्वाचनपछि अप्रत्याशित रुपमा नयाँ परिस्थिति निर्माण भएको बताउँदै नेता नेपालले यसका पछाडि चारवटा कारण रहेको बताएका छन्:

१. निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु ।

२. नेपाली कांग्रेससँग सहशी सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु ।

३. केपी ओलीले उपर्युक्त वाम– लोकतान्त्रिक गठबन्धनलाई जसरी तोडिछाड्ने उद्येश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु ।

४. माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरु सबै त्यागेर हिँड्ने प्रवृत्ति ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा