१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

ए डिभिजन लिगको ५० प्रतिशत तयारी सकियो


२१ माघ २०७९, शनिबार  

6
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खेलाडीलाई अवसर खोज्दै विदेश पलायन नहुनका लागि खेलाडी समक्ष आग्रह गरेका छन् ।

एक महिनापछि आयोजना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद् भएको र आगामी वर्ष देखी खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गरेका हुन् ।

खेलाडीको जीविकोपार्जनको निश्चिततासँगै एन्फाले कार्यक्रम बनाएको र भविष्य खोज्न विदेन नरोज्नका लागि खेलाडीलाई अनुरोध गरेका हुन् । महासचिव राईले एन्फाको राजनीति एकातरिकाले चलिरहे पनि अर्को तरिकाले फुटबल गतिविधि नरोकीने भन्दै खेलाडीलाई फुटबल जोडिन अनुरोध गरेका हुन् ।

महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको तयारी ५० प्रतिशत पुगेको र ५० प्रतिशत प्राविधिक कामय रहेको जानकारी दिए । मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग छलफल भइरहेको भएपनि राईले लिगको एक महिने काउन्ट डाउन शुरु भएको र केही प्राविधिक काम बाँकी रहेको जानकारी दिँदै ५० प्रतिशत तयारी सकिएको बताए ।

फागुन १९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिग यो संस्करण तीन मैदानमा आयोजना हुनेछन् । एन्फाले यसपछि डबल राउण्ड रोबिनको आधारमा सञ्चालन गर्ने यसअघि नै जानकारी दिएको छ । लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछन् र मैदान मर्मतको काममा एन्फामा जुटिरहेको छ ।

तयारी सम्बन्धमा आयोजना भएको पत्रकार सम्मेलनमा एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले विश्वभर लिगको तालिका पहिले नै सार्वजनिक प्रावधान भएपनि पहिलो पाँचौं चरणको खेल तालिका सार्वजनिक भइसकेको बताए । पाँचौ चरणको खेलपछि फिफा र राष्ट्रिय टोलीका विभिन्न मैत्रिपूर्ण खेल भएकाले बाँकी तालिका सार्वजनिक नगरेको समेत बताए ।

लिगका लागि १४ वटै क्लवले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । यस्तै सबै क्लवले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ । एन्फाले लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लवलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

डबल राउण्ड रोबिन लिग प्राणालिमा आयोजना हुने लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यसतै फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याएको छ भने मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लवले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली