१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

९ किलो अवैध सुनसहित एक विदेशी नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम अवैध सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ परेका थिए । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए ।

उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा २ हजार ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार

आज जनयुद्ध दिवस, माओवादीले जितेका स्थानिय तहमा सार्वजनिक विदा

काठमाडौं । तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनका रूपमा

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप

एजेन्सी । इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले क्लीन स्वीप गरेको छ।

आज विश्व रेडियो दिवस,विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम

कति छ फागुन १ गते बिहीबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको