१३ मंसिर २०८१, बिहिबार । November 28, 2024

कालीगण्डकीको देवशिला अयोध्यामा



काठमाडौं । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्‍याइएको छ ।

अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला त्यहाँ लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि त्यहाँ पुगेको हो ।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर त्यहाँ पुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत भएको थियो । ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए ।

शिलालाई बुधबार नै राम सेवकपुरममा राखिएको छ भने बिहिबार बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए । ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि बिहिबार देवशिला ग्रहण गर्ने बताए ।

उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने जानकारी दिए । यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

उपनिर्वाचन-२०८१ः आज रातिदेखि मौन अवधि सुरु हुँदै, के-के गर्न पाईँदैन ?

काठमाडौं । आगामी मंसिर १६ गते (आइतबार) हुने स्थानिय तह

फेरी बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै

उच्च अंकले बढ्यो नेप्से, झन्डै साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लञ्च

काठमाडौं । रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन नेपाली बजारमा