२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको बिरोध प्रदर्शन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनकशिक्षा सामग्री केन्द्र परिसरमा बिरोध प्रदर्शन गरेको छ ।

बुधवार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ बिरोध जनाएका हुन् । उनीहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनीहरुले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिए । उनले जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको बताए ।

उनले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति आन्दोलन केन्द्रित रहेको समेत बताए । अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने काम गर्नेकुरा आफूहरुलाई अमान्य रहेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ