५ आश्विन २०८३, सोमबार । September 22, 2026

जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको बिरोध प्रदर्शन


१८ माघ २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनकशिक्षा सामग्री केन्द्र परिसरमा बिरोध प्रदर्शन गरेको छ ।

बुधवार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ बिरोध जनाएका हुन् । उनीहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनीहरुले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिए । उनले जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको बताए ।

उनले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति आन्दोलन केन्द्रित रहेको समेत बताए । अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने काम गर्नेकुरा आफूहरुलाई अमान्य रहेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा