४ असार २०८३, बिहिबार । June 19, 2026

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


१६ माघ २०७९, सोमबार  

9
Shares

काठमाडौं । सोमवार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ । यसैगरि सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

त्यस्तै दुई सय चार कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर रू तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको रू १७ करोड ६५ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर छ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स पाँच दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।

सोमवारको कारोबारपछि बजार पुँजीकरण रू ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार तीन सय ३६ कायम भएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा