२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



काठमाडौं । सोमवार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ । यसैगरि सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

त्यस्तै दुई सय चार कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर रू तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको रू १७ करोड ६५ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर छ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स पाँच दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।

सोमवारको कारोबारपछि बजार पुँजीकरण रू ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार तीन सय ३६ कायम भएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको