८ कार्तिक २०८३, आइतबार । October 25, 2026

रविलाई फेरी मन्त्री बनाउने तयारी, यस्तो छ संवैधानीक व्यवस्था


१५ माघ २०७९, आइतबार  

54
Shares

काठमाडौं । नागरिकता विवादका कारण उपप्रधान एवंम गृहमन्त्रीबाट सिझै अनागरिक बनेका रवि लामिछानेले पुनः नेपालको नागरिक प्राप्त गरेर नेपाली नागरिक बनेका छन् ।

शुक्रबारको अदालतको फैसालाबाट ४ शक्तिशाली पद गुमाएका लामिछानेलाई फेरी गृहमन्त्रीमा नियुक्ति गर्ने तयारी थालिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेपछि लामिछाने राष्ट्रय स्वतन्त्र पार्टीको सभापतिमा नियुक्त भएका छन् ।

यससंगै उनलाई फेरी मन्त्रालय फर्काउने आन्तरिक कसरत पनि भइरहेको छ । कुनैपनि व्यक्ति प्रतिनिधिसभा सदस्य नरहेपनि ६ महिनाका लागि मन्त्री बन्ने संवैधानिक प्रावधान रहेको छ । सोहि प्रावधान अनुसार रविलाई फेरी मन्त्रीमा बहाल गराउन लागिएको हो ।

गैर सांसदलाई मन्त्री बनाउन कस्तो छ संवैधानिक व्यवस्था ?
१. संविधानको धारा ७८ मा संघिय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ ।
२.धारा ७८ को उपधारा १ बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघिय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नेछ ।
३.धारा ७८ उपधारा १ बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्नेछ ।
४.धारा ७८उपधारा २ बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकाल भरि निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन् ।
५.धारा ७८ उपधारा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन् ।


नेपालको संविधान २०७२ को धारा ७८ मा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीले सिफारिस गरेको खण्डमा ६ महिना सम्म फेरी मन्त्री बन्नेछन् । ६ महिनाको उक्त समयमा चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा उप निर्वाचन भई पुनः निर्वाचित भएर आएको खण्डमा भने उनको मन्त्री पदले निरन्तरता पाउने छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि