४ चैत्र २०८२, बुधबार । March 19, 2026

नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्री गिरीको चेतावनी


१५ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताएका हुन् । आईतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल अनुगमन गर्ने घोषणा समेत गरे ।

मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालसहितका स्वास्थ्य संस्थाहरुको नविकरण नगर्नेदेखि लिएर संस्थानै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराए । उनले नर्सहरुलाई अनलाईन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए । मन्त्री गिरीले कोभिड कालमा नर्सहरुले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंशा गर्दै उनीहरुलाई आवश्यक तलव भत्तासहितको व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा