२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

मलेसियाका गृहमन्त्री फुद्दिन नेपाल आउँदै



काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेपाल आउने भएको छ ।

गृहमन्त्री फुद्दिनको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते नेपाल आउने भएको हो । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुनसक्ने कामदारको अवस्था बुझ्न फुद्दिनको नेतृत्वमा उच्चस्तरीय टोली आउन लागेको बताइएको छ । गृहमन्त्री फुद्दिनले गृहमन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

मलेसियाका गृहमन्त्री फुद्दिनले शुक्रबार मलेसियास्थित नेपाली राजदूत डिल्लीप्रसाद पौडेलसँग छलफल गरेका थिए । मलेसियाले औपचारिक क्षेत्रसँग घरेलु कामदारसमेत पठाउन नेपालसँग लबिङ गर्ने योजना बनाएको छ । यसअघि मलेसियाले नेपाललाई लगातार घरेलु कामदार पठाउन आग्रह गर्दै आएको थियो ।

राजदूत पौडेलले यो भ्रमणलाई नेपालले रणनीतिक रुपमा बुझ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको