२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

नागरिकता प्रकरणमा रवि लामिछाने दोषी ठहर,विदेशको त्याग्दैमा स्वतः नेपाली कायम नहुने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको दोहोरो नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनले प्रक्रिया पूरा नगरेको ठहर्याएको छ ।

उक्त ठहरसङ्गै ०५० सालकै नागरिकताका आधारमा २ र १ महिने मन्त्री र सांसद पद खेर गएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले अस्ति बुधवार र आज भएको बहसपछि यस्तो आदेश दिएको हो । यसअघि मुद्दाको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले लामिछानेले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको तर्क गरेका थिए ।

मुद्दाको विपक्षमा रहेका कानुन व्यवसायीहरुको चाहिँ अमेरिकी नागरिकता त्यागेपछि लामिछाने स्वतः नेपाली नागरिक कायम हुने जिकिर थियो । असोजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेजीको माग दाबीसहित सर्वोच्चमा रिट परेको हो । अमेरिकी नागरिकता लिँदा उनको नेपालको नागरिकता कायम नरहेको र नेपाल फर्केपछि यहाँको नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै रिट निवेदकहरुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

अदालतमा आफूविरुद्ध मुद्दा विचाराधीन रहेको र प्रहरीमा थप अनुसन्धानको प्रक्रिया चलिरहँदा उनी गत पुस ११ गते उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ