५ आश्विन २०८३, सोमबार । September 21, 2026

अध्यक्ष सिंहलाई संगठनको लेखा आयोगले सोध्यो स्पष्टीकरण


१३ माघ २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहलाई सोही संगठनको लेखा आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका उपप्रमुख गम्भीर साउदले अध्यक्ष सिंहमाथि लागेको आर्थिक अनियमितताको आरोपको खण्डन आउन नसकेको भन्दै स्पष्टीकरण मागेका हुन्छ । अध्यक्ष सिंहमाथि संगठनका उपाध्यक्ष, कोषाध्यक्षसहित केही केन्द्रीय सदस्यले पोखरा विश्वविद्यालय र सीटीईभीटीमा आर्थिक मोलमोलाई गरेको आरोप लगाएका थिए । त्यसको कुनै खण्डन नगरेर उनले शंका गर्ने ठाउँ दिएको भन्दै आयोगले चित्तबुझ्दो स्पष्टीकरण मागेको हो ।

सिंहलाई सोधिएको प्रष्टीकरणमा संगठनका जिम्मेवार नेताहरुबाट सीटीईभीटी, पोखरा विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा