१० बैशाख २०८३, बिहिबार । April 24, 2026

केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेतालाई १० लाख


१३ माघ २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । केपी ओली कप २०२३ खुला राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ‘केपी ओली कप’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ‘ए डिभिजन’का ८ वटा टिमहरुलाई सहभागी गराइनेछ भने स्वदेश तथा विदेशका खेलाडीहरु पनि सहभागी हुन सक्नेछन । ए डिभिजन छनोटको लागि माघ १७ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजक टिमले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

काठमाडौंमा पहिलो चरणको खेल च्यासल, दोस्रो चरणको खेल एन्फा कम्प्लेक्स र तेस्रो अर्थात फाइनल चरणको खेल दशरथ रंगशालामा हुने छ । ‘केपी ओली कप’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्नुको मूल उद्देश्य नेपालमा फुटबलको व्यवसायिक प्रवर्द्धनमा केही योगदान गरेको आयोजकको भनाइ छ । खेलका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनीतिक दलहरुलाइ समेत प्रेरित गर्नु खेलको उद्धेश्य रहेको आयोजक पक्षको भनाइ छ ।

सबल राष्ट्रका लागि स्वस्थ्य युवा, स्वस्थ्य युवाका लागि खेलकुदको महत्व उजागर गर्दै ‘स्वस्थ्य युवा, स्वस्थ्य समाज’ भन्ने संघको नारालाई सार्थक बनाउन समेत प्रतियोगिताले बल पुर्याउने विश्वास आयोजक पक्षको छ । युवा संघका अध्यक्ष किरण पौडलले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताउँदै अन्य पार्टीले पनि यसको अनुशरण गर्नुपर्नेमा जोड दिए । उक्त राष्ट्रिय फुटबल प्रतियोगिताका लागि प्रथम हुने टोलीलाई १० लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमलाई ५ लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई १ लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल र अन्य पुरस्कार दिइनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षकलाई ५० हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडल, अन्य पुरस्कार, उत्कृष्ट गोलकर्तालाई ५० हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडल, अन्य पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १५ हजार पुरस्कार प्रदान गरिनेछ त्यसैगरी उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडलको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म