२ बैशाख २०८३, बुधबार । April 16, 2026

ईराक मिशनका सेनामाथि प्र.से. माधव थापाको अत्याचार सीमा बाहिर


१२ माघ २०७९, बिहिबार  

2.9k
Shares

काठमाडौं । ईराक मिशनमा रहेका प्रमुख सेनानी माधव थापाले मिशनमा रहेका सैनिकहरुमाथि अत्याचार गर्ने गरेको तथ्य बाहिरिएको छ ।

उनले मिशनमा रहेका सैनिकहरुलाई अनावश्यक यातना दिने, शौचालयमा प्रयोग गरिने पानीले नै नुहाउन, भाडा माझ्न लगाउनेदेखि अन्य अस्वस्थकर गतिविधिमा संलग्न गराउने गरेको आरोप मिशनमा खटिएका सैनिकहरुले लगाएका छन् । तर, सैनिकहरु खुलेर उनीविरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । नाम नखुलाउने सर्तमा ईराक मिशनमा रहेका सैनिकहरुले न्यायको माग गरिदिन आग्रह गरेका छन् ।

प्रमुख सेनानीविरुद्ध खुलेर विरोध गरे जागिर नै खोसिदिने डरले आफुहरुले खुलेर बोल्ने अवस्था नरहेको उनीहरुको भनाई छ । प्रमुख सेनानी थापा ईराक मिशनमै रहेकी एक महिला पदीकसँगको अवैध सम्बन्धमा रहेकाले त्यस कुरालाई बाहिर आउन नदिन उनले मिशनमा रहेका सैनिकहरुलाई डर, धम्की दिने गरेको आरोप छ । प्र.से. माधव थापा र ती महिला पदीकलाई प्राय मध्ये रातसम्मपनि एकै कोठामा देखेपनि यो सम्बन्धबारे खुलेर बोल्न नसकेको सैनिकहरुको भनाई छ ।

प्र.से. थापाले आफुविरुद्ध थोरैपनि केही बोले झुठ्ठा रिपोर्टिङ गरेर पदबाट डिमोसन गर्नेदेखि जागिरबाटै बर्खास्त गर्नेसम्मका कार्यमा उद्दत हुने हुँदा मिशनको दैनिकी नै कष्टकर भइरहेको उनीहरुले बताएका छन् । प्र.से. माधव थापाले अवैध सम्बन्ध रहेकी महिला पदीक बाहेक अरु सबैलाई कैदीलाई भन्दा तल्लो स्तरको व्यवहार गर्दै आएको आरोप सैनिकहरुको छ । काउन्सिकिङ्ग फाराममा युनिट कमान्डरलाई सुझाव केहि भएमा लेख्नुस भन्ने महलमा सबै जवानले कमान्डरले सबैलाई समान रुपमा व्यवहार गरेमा राम्रो हुने भनेर लेख्दा महिला सैनिक लगाएत सबै अधिकृत पदीक तथा अन्य दर्जाको अगाडि नेपाली सेनाको मान मर्यादालाई विर्सेर आमा चकारी जस्तो अपशब्द बोल्दै म स्यालको शिकार गर्दिन बाघको शिकार गर्ने मान्छे हु भन्दै प्र।से। थापाले खेलेयाम अपमानसमेत गरेको आरोप उनीमाथि छ ।

उनले सिपाहीहरुलाई लगातार १२ घन्टा डिउटिमा खटाउने, फसेको टोलीलाई भए दिनमा १६ घण्टासम्म डिउटीमा हाल्ने लगायतका अमानविय गतिविधि गर्दै आएको आरोप समेत मिशनमा खटिएका सैनिकहरुको छ । नेपाली सेनामा निकास भएको सामानको सास नभए पनि लाश चाहिन्छ भन्ने भनाई प्रचलित रहेको छ, तर त्यस मिशनमा मेन्टेनेन्सको लागि पैसा आउँदा आउदै पनि अपरेसन तथा तालिमको दौरानमा च्यातिएका तथा फुटेका असल्ट भेस्ट, एल्बो प्याड नि प्याड र पन्जाको पैसा नेपाली सेनाको नीति विपरित सैनिकलाई तिर्न लगाइ आर्थिक अनियमितता गरेको आरोप समेत उनीमाथि छ । प्र.से. थापाको अत्याचार चरम भएपनि जागिर र ज्यानै गायव मनाइदिन्छन् कि भन्ने डरले मिशनमा खटिएका सैनिकहरु यसबारे खुलेर बोल्न चाहादैनन् ।

सैनिक मुख्यालयबाटै मिशनमा खटिएका सैनिकको अवस्थाबारे सत्यतथ्य छानविन गरिदिन उनीहरुले नाम नखुलाउने सर्तमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  २ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व