१७ चैत्र २०८१, सोमबार । April 1, 2025

मिक्लाजुङमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता



उर्लाबारी । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् ।

दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए । साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो ।

यसअघि स्थानीयवासीले सामाजिक सुरक्षा भत्ता लिन मधुमल्ला झर्नुपर्ने बाध्यता रहेको थियो । पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका नागरिकले भत्ता लिनका लागि दुई घण्टाको पैदलयात्रा र बसको यात्रापछि मधुमल्ला पुगिन्थ्यो । ‘दिनभरि बैंकमा भत्ता लिन लाइनमा बसेर घर फर्किँदा झमक्कै साँझ पर्ने अवस्था थियो’, पाँच वर्ष भत्ता लिन सास्ती खेपेका बतासे गाउँका नरेन्द्र रसाइली भन्छन्, ‘अब मधुमल्ला धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।’

वडामै भत्ता वितरण गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताए । भत्ता वितरण गर्दै आएको एनएमबी बैंक मधुमल्ला शाखासँग समन्वय गरी वडाबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको उनले बताए । वडा नं २, ३, ४, ५ र ६ मा पनि वडाबाटै भत्ता वितरणको योजना गाउँपालिकाको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँ : “नेपालमै छु, भावी रणनीति बनाउँदैछु”

काठमाडौँ । प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँले आफू नेपालमै रहेको

हवाई इन्धनसँगै डिजेल र मट्टितेलको मूल्य पनि घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर

नेपाल सुपर लिग २०२५ : एफसी चितवनको शानदार सुरुवात

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन: नेविसंघका जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

हिमालय एयरलाइन्सद्वारा पोखरा–ल्हासा नियमित अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित