३० माघ २०८१, बुधबार । February 13, 2025

काठमाडौं उपत्यकामा खुल्ला रुपमा पेट्रोल बेच्न रोक



काठमाडौं । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै काठमाडौंमा सञ्चालित पेट्रोल पम्पहरुलाई यस्तो चेतावनी दिएको हो । काठमाडौंमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको काठमाडौं प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं ले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’ असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको तर्क छ ।

मङ्गलवार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । ३६ वर्षीय आचार्यले संसद् भवन अगाडी पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि प्रहरीले सो सूचना जारी गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिभिएस एक्सचेञ्ज मेनिया, २ वर्ष सम्म निशुल्क पार्टस लगायत आकर्षक अफरहरु

काठमाडौं । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा