१० बैशाख २०८३, बिहिबार । April 23, 2026

राज्य संयन्त्रहरु ट्रयाकभन्दा बाहिर भएकाले काम गर्न कठिनाई भएको छः गृहमन्त्री लामिछाने


१० माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखि काम गर्न कठिनाई भईरहेको बताएका छन् ।

ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखि काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाई भएको उल्लेख गर्दै अव केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताए ।

त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले राज्यका संयन्त्रहरुलाई हिजो चलायजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफै हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गरे ।

उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गरेका छन् । संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म