२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

शुभम पावरले आईपीओ निष्कासन गर्ने


१० माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । शुभम पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँड गरिसकेको छ । आईपीओ बाँडफाँड पश्चात् कम्पनीले बाँकी रहेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कुल सेयरमध्ये २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र ११ हजार ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ भने बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने छन् । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्ने छन् ।

यो आईपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म समय थप हुनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ