२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फागुनको २ गते देखि बुटवलमा कृषि मेला


१० माघ २०७९, मंगलबार  

6
Shares

बुटबल । बुटवलमा फागुनको पहिलो सातादेखि कृषि मेला हुने भएको छ ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा कृषि मेला आयोजना गर्न लागिएको हो । संघको कार्यसमिति बैठकले फागुनको २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन गरिने कृषि मेलामा उत्कृष्ट कृषि उत्पादन, आधुनिक कृषि प्रविधि, कृषिऔजार र मेसिनरी, व्यवसायिक कृषिखेती प्रणालीलगायतका करिव ५० स्टल राखिनेछ ।

कृषि मेलाका लागि संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । त्यस्तै, सहसंयोजकमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उपसंयोजकमा उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, मुल समितिका सदस्य सचिवमा महासचिव बिमलराज भट्टराई रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ