४ कार्तिक २०८३, बुधबार । October 21, 2026

नेपाल टी–२०ः म्याच फिक्सिङमा १० जना संलग्न भएको प्रहरीको ठहर


९ माघ २०७९, सोमबार  

12
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा भएको स्टप र म्याच फिक्सिङमा कम्तिमा १० जनाको संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

गत महिना काठमाडौंमा भएको उक्त लिगमा भएको म्याच फिक्सिङबारे अनुससन्धन गरिरहेको प्रहरीको केन्द्रीय अनुसान्धन ब्युरो (सिआईबी) ले चार नेपाल र ६ विदेशी खेलाडी संलग्न भएको ठहर गरेको हो । जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबीले जनाएको छ । पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङमा कम्तिमा १० जना संलग्न रहेको प्रहरीले निष्कर्ष निकाले हो । प्रतियोगिताकै क्रममा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा नेपाल टी–२० लिगमा काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएपछि उक्त प्रकरण सतहमा आएको थियो । फिक्सिङको प्रस्ताव आएपछि उनले ‘एन्टी करप्सन युनिट’लाई खबर गरेका थिए ।

फिक्सिङसम्बन्त्री विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोलीसमेत नेपाल आएको थियो। तर नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ नभएको दाबी गरेको थियो । म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । स्पट फिक्सिङमा यति रनमा आउट हुनेरनहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ३ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि