१० बैशाख २०८३, बिहिबार । April 23, 2026

नेपाल टी–२०ः म्याच फिक्सिङमा १० जना संलग्न भएको प्रहरीको ठहर


९ माघ २०७९, सोमबार  

12
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा भएको स्टप र म्याच फिक्सिङमा कम्तिमा १० जनाको संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

गत महिना काठमाडौंमा भएको उक्त लिगमा भएको म्याच फिक्सिङबारे अनुससन्धन गरिरहेको प्रहरीको केन्द्रीय अनुसान्धन ब्युरो (सिआईबी) ले चार नेपाल र ६ विदेशी खेलाडी संलग्न भएको ठहर गरेको हो । जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबीले जनाएको छ । पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङमा कम्तिमा १० जना संलग्न रहेको प्रहरीले निष्कर्ष निकाले हो । प्रतियोगिताकै क्रममा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा नेपाल टी–२० लिगमा काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएपछि उक्त प्रकरण सतहमा आएको थियो । फिक्सिङको प्रस्ताव आएपछि उनले ‘एन्टी करप्सन युनिट’लाई खबर गरेका थिए ।

फिक्सिङसम्बन्त्री विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोलीसमेत नेपाल आएको थियो। तर नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ नभएको दाबी गरेको थियो । म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । स्पट फिक्सिङमा यति रनमा आउट हुनेरनहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ३ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म