१० बैशाख २०८३, बिहिबार । April 23, 2026

मुख्यमन्त्रीलाई यामलाल कँडेलको जवाफः मनचिन्ते झोलाले विकास गर्न सकिँदैन


६ माघ २०७९, शुक्रबार  

9
Shares

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फोटो टाँस्न र समय बिताउनमात्रै खोजिएको हो भने अन्यथा कर्णाली विकास हुन नसक्ने बताएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने सैद्धान्तिक छलफलमा बोल्दै नेता कँडेलले मुख्यमन्त्रीको फोटो टाँस्न र समय बिताउन मात्रै सहज भए पनि विकास गर्न कठिनाइ हुने बताए । मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दा सुनाएका योजनाबारे प्रतिक्रिया दिँदै नेता कँडेलले भने, ‘पढेजस्तै हो भने सबै कुरा देखिए । यी मनचिन्ते झोलाले विकास गर्न सकिँदैन ।’ प्राथमिकता प्रदेश तहको हो वा वडा तहको संरचना हो हेक्का राख्नुपर्ने अवस्था रहेको बताए ।

‘यही वा त्यही भन्दिनँ । राजधानी पहिलो पटक तोक्यौं । तोक्नका लागि मात्र तोकिएको होइन । हिजोको संरचना बनेका कारणले गर्दा साइन बोर्ड राख्ने ठाउँ सुर्खेतमा थियो । तर, प्राथमिकता प्रदेश संरचनाअनुसार निर्माण नभएको हिजो तपसिलको विषय बन्यो अब तपाईं के गर्नु हुन्छ ? ’ उनले भने, ‘दानदातव्यबाट कर्णाली बनाउने कुरा गर्‍यौं भने हामी भिखारी बन्नुबाहेक अरु हुँदैन ।’

उनले कर्णाली बनाउने अभिभारा हो भने समय बिताउने कुरा नगर्न उनले आग्रह गरे । प्रदेशसभाको अघिल्लो कार्यकाल कर्णाली बनाउने कुरामा होइन आफू बन्ने कुरामै ध्यान केन्द्रीत भएको बताए । ‘अघिल्लो पटक हुने काम गर्‍यौं । नहुने काम पनि गर्‍यौं,’ कँडेलले भने, ‘कतिपयले किन थाहा नपाएको होला भनेर जिज्ञासा राख्ने गरेका छन् । तर, आफुले थाहा पाएर नगरेका कारण अरुले पद प्राप्त गरेकाहरूको हालत देखेको छु ।’

उनले योजना छनोटको विधि र तरिका बारे प्रश्न गरे । ‘निश्चित मान्छेलाई पालन पोषण गर्नेगरि कृषि मन्त्रालयबाट हाइटेक नर्सरी सेटिङमा बनाउने काम भए । त्यसकारण अब योजना छनोट गर्ने तरिका र विधि के हो ? उनले प्रश्न गर्दै भने । कर्णालीमा पर्याप्त स्रोतसाधन चाहिने जति भएको बताए । उनले यहाँको खर्च गर्ने स्रोत बढाउनुपर्ने बारे छलफल चलाउनुपर्ने धारणा व्यक्त गरे ।

पुँजीगत खर्च बढाउने कुरा कर्णालीका लागि चुनौतीको विषय भएको उनले बताए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म