४ चैत्र २०८२, बुधबार । March 19, 2026

हाम्रो स्वाधिनता र स्वतन्त्रताका विषयमा कोहीसँग कुनै सम्झौता गर्दैनौंः अध्यक्ष ओली


६ माघ २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन् ।

राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने अध्यक्ष ओलीको भनाई थियो । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा सुरु गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्‍याए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको समेत स्पष्ट पारे । उनले भने, ‘हाम्रा सार्वभौमसत्ताका निम्ति त्यो सार्वभौमसत्तामाथिको अतिक्रमण हुन्छ । र, हामी कुनै पनि हिसावले हाम्रो सार्वभौमसत्ता, हाम्रो स्वाधिनता, हाम्रो स्वतन्त्रता यस कुरामा कुनै कम्पमाईज गर्दैनौं । र, हामी पारस्पारिक लाभ, र पारस्पारिक सम्मानको आधारमा सम्बन्ध कायम गर्छौं ।’

अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताए । रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति संचालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

उनले मुलुकमा विकासलाई तीव्रता दिएर अघि बढन सहज हुने गरी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा