२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस



काठमाडौं । राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गरेका हुन् । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताए । उनले मुलुको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो । बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दिगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बस्नेछ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ