२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

७३१ थान राहदानीसहित गोंगबुबाट तीन जना पक्राउ



काठमाडौं । काठमाडौंको एक होटेलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटेल सोना र होटेल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जङ्ग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटेलहरूमा शङ्कास्पद व्यक्तिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शङ्कास्पद रूपमा रहेका ७१७ थान र होटेल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय