३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

दिल्लीमा भएको अटो एक्स्पोको ‘अटो ट्रेड डायलग’मा नाडा पनि सहभागी



काठमाडौं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पौष २९ गते देखि शुरु भएको १६औं अटो एक्सपोको बुधबार समापन भएको छ ।

नाडाका अध्यक्ष ध्रवु थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो । नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशनले पहिलो पटक पौष ३० गते इण्डीया एक्सपो मार्ट, गे्रटर नोइडामा आयोजना गरेको अटो ट्रेड डायलगमा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए भने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल अटो मार्केट एण्ड पोलीसी ट्रेण्डका विषयमा विशेष प्रस्तुती दिएको थियो ।

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए । सो डाइलगको सेसन मोडरटेर सियामका स्ट्रयाटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि।इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

१६औं अटो एक्सपो (कम्पोनेण्टमा) नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए । यसबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं