५ असार २०८३, शुक्रबार । June 19, 2026

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने


४ माघ २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ।

बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए। सोही बैठकमा पनि न्यौपानेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी छलफल भएको थियो ।

कांग्रेसले सभामुख उम्मेदवार बनाउन लागेकी न्यौपाने कैलालीकी हुन्। पदाधिकारी बैठकअघि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।

बिहीबार प्रतिनिधिसभामा सभामुखका लागि मतदान हुनेछ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा