२ कार्तिक २०८३, सोमबार । October 19, 2026

अर्को व्यवस्था नभएसम्म विदेशी मुद्रा झिक्न नपाउने


४ माघ २०७९, बुधबार  

6
Shares

एजेन्सी । किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ ।

मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो । मन्त्रिपरिषद्का अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न तथा आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको रक्षाका खातिर अमेरिकी डलर निकाल्ने सीमा लागू गरिएको जनाइएको छ । नयाँ व्यवस्थाअनुसार गैरआवासीय र विदेशी नागरिकलाई पाँच हजार अमेरिकी डलरभन्दा बढी नगद निकाल्न निषेध गरिएको छ ।

किर्गिस्तानका बासिन्दा र नागरिकका लागि दश हजार डलर झिक्न पाउने व्यवस्था गरिएको र त्यो सीमा बढेमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालय, भन्सार सेवालगायत सम्बद्ध सबै निकायलाई अमेरिकी डलर नगदमा निकाल्नबाट रोक्न आवश्यक कदम चाल्न निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि