३० माघ २०८१, बुधबार । February 12, 2025

छ सयले घट्यो सुनको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ ।

मंगलबार प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा

माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

रासस । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

आजको मौसमः गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव