२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछुः मन्त्री शर्मा



काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु-याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् । 

मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु-याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन् । उनले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन् । उनले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गरिन् । 

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिइन् । उनले सबै कामहरु प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गरिन् । उनले सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ति सबैलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन् ।

उनले सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडी बढाउने पनि स्पष्ट पारिन् । 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको