५ आश्विन २०८३, सोमबार । September 21, 2026

कामको प्राथमिकता निर्धारण गर्न कार्यदल बनाउछुः उपप्रधानमन्त्री लिङ्देन


३ माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । 

उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उपप्रधानमन्त्री लिङ्देनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण गरेका हुन् । त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरे । विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताए ।

‘मन्त्रालयहरु कुनै पनि राम्रो/नराम्रो भन्ने हुँदैन । सबै मन्त्रालयहरुको आ–आफ्नो ठाउँमा महत्व छ । र, त्यसमा पनि नेपालजस्तो देशको लागि ऊर्जा मन्त्रालयको, त्यसमा पनि त्यहाँ सिँचाई र जलस्रोत पनि छ । त्यो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु मेरो लागि एउटा महत्वपूर्ण अवसरको रुपमा मैले लिएको छु ।’ उनले भने, ‘भन्नेहरुले सरकारमा गयो कि बिग्री हाल्छ जानै हुँदैन है राजेन्द्र लिङदेनजस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेकोनै चुनौतिपूर्ण जस्तो ठानिन्छ । किनकी त्यहाँ गएपछि मान्छे विग्रिन्छ नै भनेर ।

त्यसकारण नविग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिईरहनु भएको थियो । लाग्छ, यो चुनौतिपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई त्यो दृढ विश्वास छ ।’ उनले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नु अघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेकाले आफूहरु पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको पनि स्पष्ट पारे ।

उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए । 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा