४ पुस २०८२, शुक्रबार । December 19, 2025

कामको प्राथमिकता निर्धारण गर्न कार्यदल बनाउछुः उपप्रधानमन्त्री लिङ्देन



काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । 

उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उपप्रधानमन्त्री लिङ्देनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण गरेका हुन् । त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरे । विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताए ।

‘मन्त्रालयहरु कुनै पनि राम्रो/नराम्रो भन्ने हुँदैन । सबै मन्त्रालयहरुको आ–आफ्नो ठाउँमा महत्व छ । र, त्यसमा पनि नेपालजस्तो देशको लागि ऊर्जा मन्त्रालयको, त्यसमा पनि त्यहाँ सिँचाई र जलस्रोत पनि छ । त्यो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु मेरो लागि एउटा महत्वपूर्ण अवसरको रुपमा मैले लिएको छु ।’ उनले भने, ‘भन्नेहरुले सरकारमा गयो कि बिग्री हाल्छ जानै हुँदैन है राजेन्द्र लिङदेनजस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेकोनै चुनौतिपूर्ण जस्तो ठानिन्छ । किनकी त्यहाँ गएपछि मान्छे विग्रिन्छ नै भनेर ।

त्यसकारण नविग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिईरहनु भएको थियो । लाग्छ, यो चुनौतिपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई त्यो दृढ विश्वास छ ।’ उनले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नु अघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेकाले आफूहरु पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको पनि स्पष्ट पारे ।

उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए । 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले