१० बैशाख २०८३, बिहिबार । April 23, 2026

देशभरका तुइन विस्थापित गर्ने: मन्त्री पाण्डे


३ माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन् । 

मंगलवार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन् । उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए ।मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए ।

उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए । मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताए । उनले काम शुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको बताए ।

शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रुपमा अगाडि बढाउने बताए । मन्त्री पाण्डेले आफूले शहरी विकास निर्माणको विषयमा जानकारी भएकाले कुनै स्वार्थ नबाझिने तर्क गरे । 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म