४ असार २०८३, बिहिबार । June 18, 2026

माओवादीले शर्मा, किराँती र मोदीलाई मन्त्री बनाउने, कसलाई कुन मन्त्रालय ?


३ माघ २०७९, मंगलबार  

15
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ।

शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । शर्माले दाङ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी हुन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिइन् ।

यसअघि उनी दुई पटक समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । शर्मा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिइन् । उनी माओवादीभित्र संसदीय गतिविधिमा समेत अब्बल मानिन्छिन् ।

माओवादीले जनयुद्ध गर्दा सक्रिय रूपमा सहभागी भएकी शर्मा माओवादी संसदीय राजनीतिमा आएपछि प्रमुख सचेतकसमेत भइसकेकी छिन् । यस्तै, पर्यटन मन्त्री बन्न लागेका किराँती भोजपुरबाट चुनाव जितेका हुन् । उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन् ।

किराँतीले भोजपुरबाट तेस्रो पटक सांसद जितेका थिए। किराँती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए। यसैगरी, संघीय मामिला मन्त्री हुन लागेका मोदी मोरङ ५ बाट चुनाव जितेका थिए।

उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए। सत्तारुढ दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो । यसअघि माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री भइसकेका छन्।

एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ । माओवादीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे मंगलबार बिहान बालुवाटामार पदाधिकारी बैठक गरी छलफल गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा