२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

पल शाह विरुद्धको मुद्दाको फैसला आज



काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाह विरुद्धको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ ।

बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा मंगलबार सुनुवाइ तोकिएको छ । शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको र मंगलबार सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाएको पनि उनले जानकारी दिए ।शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो ।

तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्ष कैद सजाय तोकेको छ। नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित प्रति उपलब्ध गराउन तनहुँ जिल्ला अदालतले पत्राचार गरेको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। गत फागुन ११ गते किशोरीका बुवाले आफ्नी छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।जाहेरीपछि शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए ।

पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि किशोरीले बयान फेरेकी थिइन्।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको