७ चैत्र २०८१, शुक्रबार । March 21, 2025

राष्ट्रपति र सभामुखबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।

सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बिहिबार हुने सभामुखको चुनावका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताएका छन् ।

गएको पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी छन् । सोही पृष्ठभूमि बनाउन कांग्रेसले पुष २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । अघिल्लो संसदीय चुनावमा सहकार्य र पार्टी एकीकरण गरे पनि तिक्त सम्बन्धले अलग भएका दाहाल र ओलीको पुनर्मिलन भए पनि विश्वासको वातावरण बन्न सकेको छैन ।

सोमबार ओलीसँग लामो छलफल गरेका प्रचण्डले विश्वासको मत दिने सबै पार्टीलाई सरकारमा समेट्न खोजेका छन् । यसले एमालेमा शंसय उत्पन्न भएको छ । मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४

सिटिजन्स बैंकको मोबाइल एपमार्फत प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने

बुटवलमा खाद्य अनुगमन: अखाद्य पदार्थ जफत र सुधारका निर्देशन

बुटवल । बुटवल बजारमा खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न स्थानमा

भँगेराको सङ्ख्या घट्दै, संरक्षणको आवश्यकता

कञ्चनपुर । तीव्र सहरीकरण र यसको कारणले केही वर्षदेखि भँगेराको

कालीमाटी बजारले कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक: सम्पूर्ण सूची सहित

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका