२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

पोखरा विमान दुर्घटनामा मृत्यु भएका ७० जनाको शव भेटियो, २ जनाको खोजी जारी



काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मध्ये हालसम्म ७० जनाको मात्र शव भेटिएको छ भने दुई जनाको अवस्था अझै अज्ञात छ ।

सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन मंगलबार पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् । एसपी केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ । सोमबार ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो ।

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।

शव बुझाउन ढिलो भएको भन्दै दिउँसो केहीबेर अस्पताल प्रशासनमा भनाभनसमेत भएको थियो । दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं पठाइने भएको छ । अपुष्ट, विदेशी एवं पहिचान नखुलेका शव सोमबारै काठमाडौं लैजाने भनिएको थियो ।

त्यसका लागि काठमाडौंबाट हेलिकप्टर पनि सोमबार नै पोखरा गइसकेको थियो । तर, पोखरामा भएका शवकै पोस्टमार्टम र पहिचान प्रक्रियामा ढिलाइ हुने भएकाले मंगलबारमात्रै काठमाडौं पठाउन लागिएको एसपी केसी जानकारी दिए । ‘यहाँ भएका शव बिहान ८ बजेपछि पोस्टमार्टम हुनेछन् । बाँकी शव बिहान १० बजेभित्र काठमाडौं लगिसकिन्छ,’ उनले भने ।

आइतबार काठमाण्डौँबाट पोखरातर्फ जाँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको