२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पोखरा विमान दुर्घटना

२४ शवको परीक्षण पोखरामा, बाँकीलाई काठमाडौं ल्याइने


२ माघ २०७९, सोमबार  

15
Shares

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ । बाँकी शवको परीक्षण भने काठमाडौंस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ । यहाँ शव परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौं लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव परीक्षणका लागि काठमाडौँ लैजाने तयारी भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौंदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनामा ६९ को शव फेला परेको छ । तीन यात्रुको अवस्था भने अझै अज्ञात छ ।

बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ । पोखरामा शव परीक्षण हुनेहरूको नामहरु त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल रहेको छ । त्यस्तै जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव परीक्षण पनि पोखरामा हुनेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ