७ चैत्र २०८१, शुक्रबार । March 21, 2025

राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित



कर्णाली । राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको सोमबार तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ ।

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो ।काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो । दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका सोमबार बिदा दिएसँगै प्रदेशसभाले सोमबार बस्ने भनेको बैठक स्थगित गरेको हो ।

विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको सोमबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनका अनुसार प्रदेशसभाको उक्त बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम भोलि माघ ३ गते मङ्गलबार दिनको १ बजे बस्नेगरी सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४

सिटिजन्स बैंकको मोबाइल एपमार्फत प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने

बुटवलमा खाद्य अनुगमन: अखाद्य पदार्थ जफत र सुधारका निर्देशन

बुटवल । बुटवल बजारमा खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न स्थानमा

भँगेराको सङ्ख्या घट्दै, संरक्षणको आवश्यकता

कञ्चनपुर । तीव्र सहरीकरण र यसको कारणले केही वर्षदेखि भँगेराको

कालीमाटी बजारले कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक: सम्पूर्ण सूची सहित

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका