६ चैत्र २०८१, बिहिबार । March 20, 2025

विमान दुर्घटना अपडेट

६९ जनाको शव फेला, २६ जनाको पहिचान खुल्यो



कास्की । पोखरामा आइतबार भएको यती एयलाइन्सको एटिआर ७२–५०० विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परेका ७२ जना मध्य हालसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय कस्कीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर रहेका छन् ।

पर्वतको कुश्मा–१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ, रुपन्देही शंकर ८ का डा.गणेश थापा रहेका छन् ।

काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विप्लवको चेतावनी: समाजवाद बिना नेपालको रुपान्तरण असम्भव

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वर्तमान

पाँचौँ दिन पनि नेप्से परिसूचकमा गिरावट, कारोबारमा हलचल

काठमाडौं। आज पनि शेयर बजारमा गिरावट आएको छ, र यो

प्रधानमन्त्री ओली: महंगी घटे पनि ‘बढ्दो महंगी नियन्त्रण गर’ नारा सधैं लोकप्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले विभिन्न

रोग र कीराले बगानलाई ठुलो धक्का, समाधानका लागि विज्ञ टोली मैदानमा

भोजपुर। अलैँची किसानहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान खोज्न विज्ञहरूको

गोदावरी ४ मा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु

काठमाडौं । बाँसले जीवन राम्रो बनाउँछ भन्ने नाराका साथ ललितपुरको