६ चैत्र २०८१, बिहिबार । March 20, 2025

विमान दुर्घटनामा उद्धारकार्य जारी, चारजना अझै बेपत्ता



कास्की । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात रहेको छ ।

विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए ।

उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ । उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ भनेका छन् । काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाई छ ।

अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले बताए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

काठमाडौं । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि