६ चैत्र २०८१, बिहिबार । March 20, 2025

विमान दुर्घटनाः ६८ जनाको शव फेला, १३ जनाको सनाखत



कास्की । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ जना सवार रहेका थिए ।

विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । ७२ जना सवार रहेको उक्त विमान दुर्घटनामा अझैँ पनि ४ जनाको अवस्थाको बारेमा जानकारी प्राप्त भएको छैन् । हाल क्रेनको प्रयोग गरेर खोजी कार्य चलिरहेको छ ।

मृत्यु भएका ६८ जना मध्य हालसम्म १३ जनाको सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा। सुशिल श्रेष्ठ, डा.सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् । प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

३० दिनभित्र दर्ता नगरे फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा रोक

काठमाडौं । सरकारले अबको ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम,

विप्लवको चेतावनी: समाजवाद बिना नेपालको रुपान्तरण असम्भव

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वर्तमान

पाँचौँ दिन पनि नेप्से परिसूचकमा गिरावट, कारोबारमा हलचल

काठमाडौं। आज पनि शेयर बजारमा गिरावट आएको छ, र यो

प्रधानमन्त्री ओली: महंगी घटे पनि ‘बढ्दो महंगी नियन्त्रण गर’ नारा सधैं लोकप्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले विभिन्न

रोग र कीराले बगानलाई ठुलो धक्का, समाधानका लागि विज्ञ टोली मैदानमा

भोजपुर। अलैँची किसानहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान खोज्न विज्ञहरूको