१६ फाल्गुन २०८२, शनिबार । March 1, 2026

निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय दिलाउँछुः गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माईतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गरेका छन् ।

शनिवार माईतीघर मण्डलामा पुगेर गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मीको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका अधिकारकर्मीहरुसँग भेट गरेको हुन् । विगत केही दिन यता बाँकेका अधिकारकर्मीहरुको एक टोली माईतीघर मण्डलामा निर्मला कुर्मीको न्यायका लागि धर्नामा छन् ।

यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । गृहमन्त्री लामिछानेसँग अधिकारकर्मीहरुले न्याय माग्दै निर्मला कुर्मीलाई न्याय नदिउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

अधिकारकर्मीसँगको भेटमा गृहमन्त्री लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले यसअघिका सरकारले पटक–पटक प्रतिवद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको तर आफूले न्याय दिनेकुरामा विश्वस्त रहन आग्रह गरे ।

अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले ४ बुँदे मागसहित धर्ना दिइरहेका छन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सही छाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभुति गराउनुपर्ने अधिकारकर्मीहरुको माग छ ।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको अधिकारकर्मीहरुको आरोप छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो