३ आश्विन २०८३, शनिबार । September 19, 2026

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी


३० पुस २०७९, शनिबार  

6
Shares

कास्की । गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन् । यस्तै अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

उम्मेदवारी सम्बन्धमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो । सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेको छन् ।

साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य रहेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ