९ बैशाख २०८३, बुधबार । April 23, 2026

एनभिए महिला भलिबलमा एपिएफ सेमिफाइनलमा


२९ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । राधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ त्रिभुवन आर्मी क्क्लवले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पराजित भएपनि एपिएफ उपविजेता बनेको बन्दै सेमिफाइनलमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पहिलो सेट २५–२० ले बाजी मारेको थियो । दोस्रो र तेस्रो सेट भने आर्मीले एपिएफलाई १९–२५ र १३–२५ को सेटमा नतिजा सुम्पियो ।

त्यसपछि दबाबमा परे पनि सम्हालिएको प्रदर्शन गरेको आर्मीले चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । निर्णायक तथा पाँचौं सेटमा आर्मीले शुरुवातबाट नै नाटकीय एकपक्षीय प्रदर्शन गर्न सफल भयो । सोही क्रममा आर्मीले १५–५ को जित निकाल्न सफल भयो ।

यस नतिजासँगै महिलातर्फको प्रतिष्पर्धामा पनि सेमिफाइनल समिरकण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साविक विजेता न्यु डायमण्ड युथ स्पोट्र्स क्लवसँग तथा उपविजेता एपएिफले समूह ‘ए’ को विजेता पुलिससँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछन् । दुवै सेमिफाइनल शनिवार हुनेछन् ।

त्यस्तै पुरुषतर्फ विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव राधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । दिनका पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।

यस्तै शुक्रवार नै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लवले दावाँली मिलिन क्लवलमाथि जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । आर्मीले अन्तिम चारमा स्थान बनाउने क्रममा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पाखा लगाएको हो । सुखद् नतिजा निकाल्ने क्रममा आर्मीले पहिलो सेट गण्डकीमाथि २५–२२ को अग्रता लिएको थियो ।

दोस्रो सेटमा भने सुधारिएको खेल देखाएको गण्डकीले २५–२१ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याएपनि तेस्रो सेटमा २५–१० निरिह बन्यो । चौथो सेटमा पुनरागमन गर्न निकै संघर्ष गरेको गण्डकीले २६–२४ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरियो ।

पुरुषतर्फकै अर्को खेलमा अर्को विभागीय टोली एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । एपिएफले केशवलालमाथि २५–१४, २५–१९ र २५–२० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस्तै अर्को खेलमा पुलिसले दावाँली मिलन क्लवलाई ३–१ को सेटमा पराजित ग¥यो ।

पुलिसले दावाँलीलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म