२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एनभिए महिला भलिबलमा एपिएफ सेमिफाइनलमा



काठमाडौं । राधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ त्रिभुवन आर्मी क्क्लवले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पराजित भएपनि एपिएफ उपविजेता बनेको बन्दै सेमिफाइनलमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पहिलो सेट २५–२० ले बाजी मारेको थियो । दोस्रो र तेस्रो सेट भने आर्मीले एपिएफलाई १९–२५ र १३–२५ को सेटमा नतिजा सुम्पियो ।

त्यसपछि दबाबमा परे पनि सम्हालिएको प्रदर्शन गरेको आर्मीले चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । निर्णायक तथा पाँचौं सेटमा आर्मीले शुरुवातबाट नै नाटकीय एकपक्षीय प्रदर्शन गर्न सफल भयो । सोही क्रममा आर्मीले १५–५ को जित निकाल्न सफल भयो ।

यस नतिजासँगै महिलातर्फको प्रतिष्पर्धामा पनि सेमिफाइनल समिरकण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साविक विजेता न्यु डायमण्ड युथ स्पोट्र्स क्लवसँग तथा उपविजेता एपएिफले समूह ‘ए’ को विजेता पुलिससँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछन् । दुवै सेमिफाइनल शनिवार हुनेछन् ।

त्यस्तै पुरुषतर्फ विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव राधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । दिनका पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।

यस्तै शुक्रवार नै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लवले दावाँली मिलिन क्लवलमाथि जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । आर्मीले अन्तिम चारमा स्थान बनाउने क्रममा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पाखा लगाएको हो । सुखद् नतिजा निकाल्ने क्रममा आर्मीले पहिलो सेट गण्डकीमाथि २५–२२ को अग्रता लिएको थियो ।

दोस्रो सेटमा भने सुधारिएको खेल देखाएको गण्डकीले २५–२१ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याएपनि तेस्रो सेटमा २५–१० निरिह बन्यो । चौथो सेटमा पुनरागमन गर्न निकै संघर्ष गरेको गण्डकीले २६–२४ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरियो ।

पुरुषतर्फकै अर्को खेलमा अर्को विभागीय टोली एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । एपिएफले केशवलालमाथि २५–१४, २५–१९ र २५–२० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस्तै अर्को खेलमा पुलिसले दावाँली मिलन क्लवलाई ३–१ को सेटमा पराजित ग¥यो ।

पुलिसले दावाँलीलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको